
रोयल इनफिल्डले आफ्नो नयाँ अर्वान परफर्मेन्स रोडस्टर गुरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ ।
दैनिक शहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ ।
गुरिल्ला ४५० तीन भेरियन्ट (एपेक्स, ड्यास र फ्लास) तथा आठ विभिन्न कलरहरूमा उपलब्ध हुनेछ।
रोयल इनफिल्डका सार्क बिजनेस हेड दीपक काकरले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
उनले भने, '१२५ वर्षको यात्रालाई मनाइरहेका बेला नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम हो । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो । चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं।'

