०३ साउन २०८३, आइतबार

३९ दशमलव ४४ अङ्कले घट्यो नेप्से, ​४ अर्ब ६६ करोडको कारोबार​

बैशाख २९, २०८३
काठमाडौं
३९ दशमलव ४४ अङ्कले घट्यो नेप्से, ​४ अर्ब ६६ करोडको कारोबार​

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ ।

कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता शेयर चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाई प्यानल लिमिटेड शीर्षस्थानमा छ ।

नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबीएल डिबेन्चर, एनआईबीएल समृद्धि फन्ड दोस्रो, एनआईसी एसिया डिबेन्चर र नेपाल एसआईबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

salt training

कमेन्ट गर्नुहोस्