०१ असार २०८३, सोमबार

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

बैशाख ३०, २०८३
गोरखा
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातमाटेमा गएराति दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् ।

उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्