
प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई प्रहरीलेसोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो ।
उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताए । तर उनलाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।
प्रसाईंका एक निकट सहयोगीले ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको बताए ।