काठमाडौं, १० माघ– तेलमा बढी झानेको आलु चिप्स र रोस्ट खाँदा क्यान्सरको खतरा हुने खाद्य विज्ञहरु बताउँछन् । धेरै सेकाएर बनाएको खाद्यपदार्थ स्वास्थ्यको लागि खतरा हुने फुड स्टायण्डर्ड एजेन्सीले बताउँछ ।
आलु रोस्ट पकाउँदा हल्का पँहेलो गरी पकाउँदा क्यान्सरबाट बच्न सकिने खाद्य विज्ञहरु बताउँछन् । पकाउँदा आगोभन्दा अलि टाढा राख्नुपर्ने र आलु सेकाउँदा हल्का पँहेलोभन्दा बढी पकाउनु हुँदैन । खाद्यमा एक्रिलामाइड रसायन सकेसम्म कम हुनुपर्ने विज्ञहरु बताउँछन् । जसले खाद्यपदार्थलाई खैरो रंगमा ढाल्छ ।
खाद्यपदार्थलाई धेरैसमय पकाएर र स्टीम गरेर खानु राम्रो हुने विज्ञ बताउँछन् । आलु फ्राई गर्दा त्यसमा एक्रिलामाइड रसायन बढ्ने खतरा हुन्छ । आलु जस्तै अन्य माछा,फास्टफुडहरु पनि धेरै समय तेलमा झानेर खान नहुने विज्ञहरु सुझाउँछन् ।
डेलीमेल