
काठमाडौं २३ पुस– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा तथा पार्टीको भावी रणनीतिबारे छलफल गर्न नेकपा एमाले स्थायी समितिको बैठक सोमवार बस्ने भएको छ ।
अध्यक्ष केपी ओलीको निवास बालकोट भक्तपुरमा दिउँसो २ बजे स्थायी समितिको बैठक बस्ने एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा माओवादीसँगको पार्टी एकता, राष्ट्रिय सभाको निर्वाचन लगायतका एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । नियमतित स्वास्थ्य जाँचका क्रममा अध्यक्ष ओली बुधवार थाइल्याण्ड जाँदैछन् । ओली थाइल्याण्ड जानुपूर्व नै पार्टी एकताको बारेमा माओवादीसंग छलफल गर्ने एमालेको तयारी छ ।