१० साउन २०८३, आइतबार

ह्वाइट हाउसमा फिल्म चलाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

ह्वाइट हाउसमा फिल्म चलाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चर्चामा रहेको हलिउड सिनेमा द पोस्टलाई ह्वाइट हाउसमा प्रदर्शन गर्न निर्देशक स्टिभन स्पिलवर्गलाई आग्रह गरेका छन् । 

आइतबार पेन्सिलभेनियामा सुरु हुने क्याम्प डेभिड सम्मेलनलाई सम्बोधन गर्नुको पूर्वसन्ध्यामा ट्रम्पले निर्माता कम्पनी फक्सलाई पत्र लेखेर फिल्म देखाइदिन आग्रह गरेको हलिउड रिपोर्टरले जनाएको छ । 

भियतनाम युद्धमा अमेरिकी पराजयपछि पेन्टागनद्धारा लुकाइएका गोप्य सूचनालाई वासिङ्टन पोस्टले सार्वजनिक गरिदिएको पत्रकारिताको ऐतिहासिक घटनालाई फिल्मले चित्रण गर्छ । यो जर्नलिज्म ड्रामालाई आगामी अस्कर अवार्डको दाबेदारको रुपमा हेरिएको छ । 

रोचक त के छ भने, द पोस्ट सिनेमाका दुई महत्वपूर्ण कलाकार मेरिल स्ट्रिप र टम ह्याङ्क्स ट्रम्प प्रशासनका कट्टर आलोचक हुन् । निर्देशक स्पिलवर्ग पनि मिडियामाथि ट्रम्पको हमला र बदलिँदो अमेरिकी राजनीतिको आयामबारे फिल्ममार्फत नागरिकलाई सूचित गर्न चाहिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्