
काठमाडौँ, २४ पुस — डीआईजीहरूको विवादास्पद कार्यसम्पादन मूल्यांकन प्रकाशित गरेको विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंले तीनजना पत्रकारलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ ।
परिसरका अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेले सुशासन अनलाइन, शुभदिन र मूलधारन्युज अनलाइनलाई ‘सम्पादकलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराउन’ भन्दै पत्र काटेका हुन् ।
सुशासन अनलाइनबाहेकका दुईले भने पत्र बुझेका छैनन्, कान्तिपुरमा खबर छ ।