ओखलढुंगा,१० माघ– ओखलढुंगाको पोकली गाविसका भूकम्पपीडितलाई पहिलो किस्ताको राहत रकम पाएका छन् ।
पोकली गाविसमा पैसा वितरण गर्नैका लागि कांग्रेस सभासद रामहरि खतिवडाले निजी पहलमा हेलिकप्टर चार्टड गरेका थिए ।
पोकली गाविसका ४ सय ६६ घरधुरीमा प्रति परिवार ५० हजार रकम वितरण गरिएको थियो ।
भूकम्पपीडितलाई राहत रकम वितरण गरिएको कार्यक्रममा एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा अन्य काममा प्रयोग नगर्न सुझाएका थिए ।
भूकम्पले पोकली गाविसको ४ सय ७६ घरमा क्षति पुुगेको थियो । रकम वितरणका क्रममा कागजी प्रक्रिया नपुगेकालाई गाविसको रोहवरमा पछि रकम वितरण गरिने व्यवस्था मिलाइएको थियो ।
साथै पोकली गाविसका स्थानीयलाई ३ दिन सम्म घुम्ती स्वास्थ्य शिविर, नागरिकता टोली घरदैलो पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।