२४ जेठ २०८३, आइतबार

यी ५ पुरुष आखिर किन महिला बन्न चाहन्छन् ?

कात्तिक २०, २०७४
यी ५ पुरुष आखिर किन महिला बन्न चाहन्छन् ?

धमतरी,१० माघ  – पुरुषबाट स्त्री हुने र स्त्रीबाट पुरुष हुने कुरा धमतरी जिल्लाबासीलाई अनौठो लाग्न सक्छ । यी पाँच जिल्लाका तेस्रो लिंगीले पुरुषबाट स्त्री बन्नको लागि भारतको समाज कल्याण विभागमा पत्र दर्ता गराएका छन् ।

five-blog-readersधमतरी जिल्लामा मात्रै भारतीय समाज कल्याण विभागले ३४ जना तेस्रो लिंगीको पहिचान गरेका थिए । उनीहरुलाई प्रशासनका सम्पूर्ण योजनामा सहभागी गराउँदै छन् ।

तेस्रो लिंगीहरुको हितमा काम गर्न धमतरीका प्रशासनले लाखौं रुपैयाँ खर्च गर्ने भएका छन् । जसअनुसार कुन पुरुष स्त्री बन्न चाहन्छन् र कुन स्त्री पुरुष बन्न चाहन्छन् भन्ने बारेमा प्रशासनले उनीहरुलाई सहमति मागेका छन् ।

धमतरीका पाँच जनाले प्रशासनको उक्त योजना अनुरुप पुरुषबाट स्त्री बन्नको लागि समाज कल्याण विभागमा पत्र दर्ता गराएका छन् । धमतरीमा पुरुषबाट स्त्री बन्न चाहने धेरै रहेका छन् ।

कार्यशालामा दिएका थिए सहमति समाज कल्याण विभागका उपसंचालक एमएल पालले तेस्रो लिंगीको लिंग परिवर्तन गर्ने कानुन अनुरुप धमतरीमा उक्त योजना प्रस्तुत भएको बताएका छन् । जसअनुसार पुरुषबाट स्त्री हुने र स्त्रीबाट पुरुष हुने चाहना पूरा गर्नेछ । उक्त योजनाको जानकारी दिन तेस्रो लिंगी समुदायमा कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।

जसमा पाँचजनाले पुरुषबाट स्त्री हुनको लागि तत्काल प्रशासनमा पत्र दर्ता गराएका छन् । साथै प्रशासनबाट पनि लिंग परिवर्तनको लागि कागजी प्रक्रिया शुरु भइसकेको छ । चाँडै नै रायपुरस्थित मेडिकल कलेजमा स्वास्थ्य परीक्षणको लागि लगिने छ ।

अपरेशनपछि हुनेछन् परिवर्तन पुरुषको आवरणमा देखिएका ती तेस्रो लिंगीलाई स्त्री बनाउनको लागि अपरेशन गर्नेछन् । यसको सबै जिम्मेवारी स्वास्थ्य विभागलाई दिइएको छ ।

पुरुषबाट स्त्री बनाउन लाग्ने स्वास्थ्य परीक्षण ,अपरेशन लगायतका सम्पूर्ण खर्च स्वास्थ्य विभागले गर्नेछ । तेस्रो लिंगीबाट भने कुनै शुल्क उठाइने छैन् ।

उनीहरुको हैदराबाद टीमका चिकित्सकहरुले मेकाहारास्थित अस्पतालमा अपरेशन हुनेछ । पुरुषबाट स्त्री बन्नको लागि स्वास्थ्य परीक्षण गरेपछि मात्र अपरेशन हुने वा नहुने चिकित्सकले निर्णय गर्नेछन् ।

लिंग परिवर्तन सम्भव हाइटेक चिकित्सा पद्धतिअनुसार शल्यक्रियाबाट लिंग परिवर्तन गर्न सम्भव हुन्छ । प्लाष्टिक सर्जरी लगायत अन्य विधिबाट पुरुषलाई स्त्रीमा परिवर्तन गर्न सकिन्छ । तर यसको लागि शरीरमा केही लक्षणहरुको आवश्यकता रहन्छ जुन तेस्रो लिंगीहरुमा पाइन्छन् ।

स्रोतःएजेन्सी,लेखनःडा. बीके साहू,सिविल सर्जन धमतरी जिल्ला अस्पताल

salt training

कमेन्ट गर्नुहोस्