२३ असार २०८३, मंगलबार

महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प आजबाट शुरु, निःशुल्क सर्भिसिङ्गको व्यवस्था

महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प आजबाट शुरु, निःशुल्क सर्भिसिङ्गको व्यवस्था

काठमाडौं, २४ पुस– नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजू अटोवर्कसले आजबाट महिन्द्रा फोर ह्वील गाडीहरुको फ्रि सर्भिसिङ्गको व्यवस्था शुरु गरेको छ । देशभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको हो । 

आजबाट शुरु भएको महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस २८ गतेसम्म सञ्चालन हुने छ । योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको बालाजू अटोवर्कसले जनाए छ । 

कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था पनि मिलाएको छ । यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गर्नेछन् । 

यो फ्रि सर्भिसिङ्ग सेवाको लागि ग्राहकहरुले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ्ग गर्न सक्ने बताइएको छ । सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्