
काठमाडौं, २४ पुस — स्मार्टफोनका कतिपय सेटिङहरू जतिखेर पनि अन रहन्छन् । तिनको बारेमा तपाईंलाई थाहै हुँदैन । यी सेटिङले फोनको डाटा, ब्याट्री र सेफ्टीलाई नोक्सानी पु–याउँछ ।
कहिलेकाहीँ यो सेटिङ पहिलेदेखि नै अन रहन्छ भने कहिलेकाहीँ हामीले गल्तीले अन गर्छौं । तिनलाई अफ नै राख्नुपर्छ । यहाँ हामी यस्ता चार सेटिङका बारेमा बताउँदैछौं । तपाईंकोमा यी कुरा अन छन् भने अफ गरिदिनुस् ।
फोनको सेटिङमा गएर गूगलमा पुग्नुस् । गूगल अप्सन हरेक फोनमा फरकफरक हुन्छ तर यो सेटिङमा हुन्छ ।
त्यसपछि तपाईंले प्ले गेम्स अप्सन देख्नुहुन्छ । त्यसमा ट्याप गर्नुस् । त्यहाँ दुईवटा सेटिङ देख्नुहुनेछ । साइन इन टु गेम्स अटोमेटिकल्ली र युज दिस अकाउन्ट टु साइन इन यी दुई सेटिङलाई अफ गरिदिनुस् ।
तपाईंले यिनलाई अन गरेर राख्नुभयो र भूलवश कुनै गेम डाउनलोड गर्नुभयो भने स्वतः साइन इन हुनुहुनेछ र फोनको डाटा र ब्याट्री लगातार खर्च हुन्छ । 
स्क्रोल गर्दा तपाईंले रिक्वेस्ट नोटिफिकेसन देख्नुहुनेछ । यसको सेटिङलाई पनि अफ गर्नुस् । यसलाई अन राख्दा तपाईंलाई गेम सम्बन्धी नोटिफिकेसन आइरहन्छ । यसले फोनको डाटा र ब्याट्री खर्च गरिदिन्छ ।
एजेन्सी