०२ असार २०८३, मंगलबार

यस्ता छन् ह्वाइट हाउसका केही काण्ड

यस्ता छन् ह्वाइट हाउसका केही काण्ड

काठमाडौं, २४ पुस — सन् २०१८ मा अमेरिका र संसारकै इतिहासको एक चर्चित काण्डको २० वर्ष पूरा भयो । यो काण्ड एक अमेरिकी राष्ट्रपतिको निजी जीवनसँग जोडिएको थियो । 

सन् १९९८ को जनवरी महिनामा ४९ वर्षीय अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्कीका शारीरिक सम्बन्धका खबरले संसारभरिको मिडियामा तहल्का मच्चाएको थियो । 

त्यतिखेर मोनिकाको उमेर २२ वर्ष थियो र उनी ह्वाइट हाउसमा प्रशिक्षार्थीका रूपमा काम गर्थिन् । 

तर निजी जीवन समाचारमा आउने क्लिन्टन पहिलो राष्ट्रपति थिएनन् । 

उनीअघिका अमेरिकी राष्ट्रपतिहरूका केही रहस्य निजी जीवनसँग सम्बन्धित थिए । ह्यारी ट्रुम्यान नामक राष्ट्रपतिको कुरा गरौं । 

फ्र्यांकलिन रूजवेल्ट राष्ट्रपति हुँदा ट्रुम्यान उपराष्ट्रपति थिए र रूजवेल्टको मृत्यु भएपछि दोस्रो विश्वयुद्ध नसकिउन्जेल ट्रुम्यान राष्ट्रपति भए । 

ट्रुम्यान ह्वाइट हाउसमा बस्न आउँदा  त्यहाँको स्थिति खराब थियो । भित्ता चिरिएका थिए अनि कुनामा झार उम्रेको थियो । 
 

तीन वर्षसम्म यस्तै हालतमा बस्नुपर्दा ट्रुम्यानकी पत्नी आजित भइन् । 

उनकी छोरी मेरी मार्गरेट पहिलो तल्लामा पियानो बजाएर बस्थिन् । एक दिन पियानो बजाउँदै गर्दा ह्वाइट हाउसको भुइँ नै भत्क्यो र मेरी पियनोसहित बेसमेन्टमा लडिन् । 

यो घटनापछि राष्ट्रपतिको परिवार ब्लेयर हाउसमा स–यो । ट्रुम्यानकी पत्नीलाई ह्वाइट हाउसमा बस्न पटक्कै मन लागिरहेको थिएन । वाक्क लागेर एलिजाबेथले छोरी मेरीलाई लिएर गृहराज्य मिसूरी गइन् । 

पत्नी गएपछि ट्रुम्यानले आफूलाई एक्लो अनुभव गर्न थाले । 

कुल चार महिनासम्म एलिजाबेथ वाशिङटनबाहिरै बसिन् । 

त्यसपछि उनी फर्केर आएकै रात उनी खानाको टेबलमा राष्ट्रपति ट्रुम्यानलाई कुरिरहेकी थिइन् । ह्यारी त्यहाँ आए अनि नोकरहरूलाई त्यहाँबाट जान भने । 

सिक्रेट सर्भिसका कागजातका अनुसार, दुवैजना बाबआमा शहरबाहिर गएका किशोर किशोरीजस्तो व्यवहार देखाइरहेका थिए । 

भोलिपल्ट बिहान एलिजाबेथ ट्रुम्यानले आफ्नो प्रमुख नोकरलाई लजाउँदै सोधिन्, ‘ब्लेयर हाउसका चारवटा खाट भाँचिएका छन् । तिनीहरूलाई परिवर्तन गर्न सकिन्छ ?’

त्यतिखेर राष्ट्रपति ट्रुम्यान ६५ वर्षका थिए भने एलिजाबेथ ६४ वर्षकी थिइन् । 

ब्लेयर हाउसको घटनापछि ट्रुम्यानले अर्को कार्यकालको चुनाव जिते र कार्यकाल सकिएपछि राजनीति छोडिदिए । 

ट्रुम्यान दम्पती मिसूरी गएर बस्न थाले । सन् १९७२ मा ट्रुम्यानको मृत्युअघि दुवैजना मिसूरीमा आनन्दपूर्वक बसे । 

ट्रुम्यानको मृत्युको १० वर्षपछि एलिजाबेथ पनि बितिन् र उनलाई ट्रुम्यानकै छेउमा गाडियो । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्