
७५ औं गोल्डेन ग्लोब्स अवार्ड वितरण गरिएको छ । हलिउडको बेभर्ली हिल्समा आज बिहान विश्वकै दोस्रो ठूलो प्रतिष्ठित अवार्ड वितरण गरियो ।
सिनेमा द बिलबोर्ड्स आउटसाइड्स एबिङ, मिजौरीले सर्वोत्कृष्ट ठहरियो । यसले फिल्मसहित अभिनेत्री, पटकथा, सहायक अभिनेता विधामा ट्रफी उचाल्यो ।
अमेरिकी क्राइम थ्रीलर उक्त फिल्मले छोरीको हत्यारा खोज्न प्रहरी असफल भएपछि तीन ठूला बिलबोर्ड राखेर हत्या पत्ता लगाउन आमाले गरेको संघर्षको कथा पेश गर्छ । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।
चर्चित सिनेमा द सेप अफ वाटरबाट गुलेरमो डेल टोरो सर्वोत्कृष्ट निर्देशक बने । लेडी बर्डले उत्कृष्ट कमेडी र अभिनेत्री विधामा जित्यो । टेलिभिजनतर्फ एचबीओको बिग लिटल लाइजले चार विधामा अवार्ड जित्यो ।
यसपटक हलिउडमा हुने यौन शोषणको विषयले गोल्डेन ग्लोब्समा चर्चा पायो । मेरिल स्ट्रिपदेखि ओफ्रा विन्फ्रेसम्मका हलिउडका ठूला नामले यौन शोषणविरुद्ध प्रदर्शन गर्दै लैंगिक समानताको वकालत गरे ।
हेर्नूस विजेताको पूर्ण सूचीः
उत्कृष्ट मोसन पिक्चर : थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजौरी
उत्कृष्ट मोसन पिक्चर कमेडी : म्युजिकल र कमेडी
उत्कृष्ट निर्देशक ; गुलेरमो डेल टोरो, द सेप अफ वाटर
उत्कृष्ट अभिनेत्री : फ्रान्सेस म्याकडरम्यान्ड, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजौरी
उत्कृष्ट अभिनेता : गेरी वल्डम्यान, डार्केस्ट आवर
उत्कृष्ट अभिनेत्री कमेडी : साओराइज रोनन, लेडी बर्ड
उत्कृष्ट टिभी कार्यक्रम : बिग लिटल लाइज
उत्कृष्ट पटकथा : मार्टिन म्याटडनग, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजौरी
उत्कृष्ट पाश्र्वध्वनी : आलेजान्द्रे डिसप्लेट, द सेप अफ वाटर
उत्कृष्ट मौलिक गीत : दिस इज मी, द ग्रेटेस्ट सोम्यान
उत्कृष्ट विदेशी सिनेमा : इन द फेड