२१ जेठ २०८३, बिहीबार

ठमेलमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधि गर्ने १५ बङ्गलादेशी पक्राउ

जेठ १९, २०८३
काठमाडौं
ठमेलमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधि गर्ने १५ बङ्गलादेशी पक्राउ

नेपाल प्रहरीले ठमेल क्षेत्रमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट २५ वर्षीय एमडी मजिदुल इस्लाम रिदोयसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनीहरू ठमेलको पकनाजोलस्थित ‘होटल एस’को चौँथो, पाँचौँ र छैटौँ तल्लाका कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

उनीहरूले विदेशी मोडल तथा युवतीका नाममा फेसबुकमा नक्कली खाता बनाएर बङ्गलादेशी र भारतीय नागरिकलाई साथी बनाउने तथा कुराकानी गर्ने र ठगी गर्ने गरेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शङ्कास्पद रूपमा बसिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । 

पक्राउ परेका सबैलाई अध्यागमन ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्