२१ जेठ २०८३, बिहीबार

वीरगंजका मेयर राजेशमान सिंह पक्राउ

जेठ १९, २०८३
काठमाडौं
वीरगंजका मेयर राजेशमान सिंह पक्राउ
फाइल तस्वीर

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

पर्सा र चितवनको सीमाबाट उनलाई आज बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले लोकान्तरलाई जानकारी दिए । 

लिखतसम्बन्धी कसुरमा सिंहलाई पक्राउ गरिएको हो । 

प्रहरीले आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको छ।

नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । ८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । 

 

 

salt training

कमेन्ट गर्नुहोस्