
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरू मध्ये २८ जनाको नामावली स्वीकृत गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।
स्वीकृत हुने उम्मेदवारहरूमा अमरध्वज लामा, अच्युत कुमार पोखरेल, पुनम पौडेल, केदारनाथ कोइराला, डा. मधुसुधन न्यौपाने, आलोक कुमार तिवारी, लक्ष्मण हुमागाईं र पुष्पराज गौतम लगायत २८ जना रहेका छन्।