
काठमाडौ २४ पुस– नेपाल प्रहरीले अनसनमा बसेका प्रा डा गोविन्द केसीलाई सोमवार साँझ पक्राउ गरेको छ ।
प्रहरी प्रभाग महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले केसीलाई सोमवार राति ८ बजेको समयमा अनसन बसेकै स्थलबाट पक्राउ गरेको हो ।
केसीलाई सर्वोच्च अदालतबाट नजिक रहेको सिंहदरवार प्रहरी प्रभागमा लैजाने तयारी भएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सोमवार नै गृह मन्त्रालय मार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा शशी शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आइतवारको फैसला विरुद्ध डा केसी सोमवारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनमा बसेका थिए ।
अनसनमा बसेका केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट र माफियाको आरोप लगाएका थिए ।