२६ असार २०८३, शुक्रबार

ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालक पक्राउ

ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालक पक्राउ

काठमाडौँ, २४ पुस - महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको हो । 

उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा मारेको हो । 

महाशाखाको टोलीले उक्त मेनपावर कम्पनीबाट ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिष्टर, स्वीकृति नलिएका माग पत्र बरामद गरेको छ । उक्त बरामद कागजातसहित थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्