०४ असार २०८३, बिहीबार

प्रहरीले यसरी समात्यो डा. गोविन्द केसीलाई, १५ तस्बिरमा हेर्नुहोस्

पुस २४, २०७४
प्रहरीले यसरी  समात्यो डा. गोविन्द केसीलाई,  १५ तस्बिरमा  हेर्नुहोस्

काठमाडौं, २४ पुस– डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार अपराह्नदेखि अनशन बसेका डा. केसीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो । सर्वोच्चले डा. केसीलाई मंगलवार नौ बजे अदालत उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई आदेश दिएसँगै अनशनरत केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशीको टोलीले डा केसीलाई पक्राउ गरेको हो । 

 डा केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको  छ । 

केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । 

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा. केसीले अदालत विरुद्ध अभिव्यक्ति दिएका थिए । 
डा. केसीले केही महिनादेखि अदालतमा सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । 

डा. केसीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको १५ तस्विरहरु

salt training

कमेन्ट गर्नुहोस्