०५ असार २०८३, शुक्रबार

धुलिखेलमा यसरी  तय भयो ज्ञानेन्द्रको भारत भ्रमण

पुस २५, २०७४
धुलिखेलमा यसरी  तय भयो ज्ञानेन्द्रको भारत भ्रमण

काठमाडौँ, २५ पुस - पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए, नयाँ पत्रिकामा खबर छ  ।

निर्मलनिवास स्रोतका अनुसार भारतीय राजदूत मन्जिबसिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलो साता भेट भएको थियो । ६ देखि ९ मंसिरसम्म द्वारिकाज रिसोर्टमा रहेका ज्ञानेन्द्रलाई भेट्न पुरी त्यहाँ पुगेका थिए । ‘त्यतिवेलै पूर्वराजाको यो भ्रमण तय भएको हो, भारत सरकारको पूर्णतयारीसाथ उहाँलाई लखनउ बोलाइएको हो,’ जानकार स्रोतले  भन्यो । ‘ज्ञानेन्द्रको लखनउ भ्रमण दसैँ र तिहारको बीचमा नै हुने तयारी थियो, तर निर्वाचनको समय पारेर उनको भ्रमण गराउँदा राम्रो सन्देश जाँदैन भन्ने लागेपछि मंसिर पहिलो साता राजदूतले उहाँलाई भेटेर यो मिति तय गरेका हुन्,’ जानकार स्रोतले भन्यो ।

धुलिखेलमा तय भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानकारी गराएका थिए ।
 देउवा र ओलीले पूर्वराजालाई ‘ग्रिन सिग्नल’ दिएको महासंघ स्रोतको भनाइ छ । त्यसवेला देउवाले हिन्दू राष्ट्रको पक्षमा आफू रहेको तथा राजसंस्था हटाउन आफ्नो भूमिका नरहेको जवाफ महासंघ पदाधिकारीलाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्