२३ असार २०८३, मंगलबार

अदालतको मान जोगाउन सडकमा आएका हौ : गगन थापा

अदालतको मान जोगाउन सडकमा आएका हौ : गगन थापा

काठमाडौं २५ पुस– नेपाली कांग्रेसका नेता गगन थापाले अदालतको विरोधमा नभइ अदालतको मान जोगाउनको लागि आफूहरु सडकमा आएको बताएका छन् ।

डा गोविन्द केसी पक्राउको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा मंगलवार बिहान आयोजित विरोध सभालाई सम्वोधनगर्दै नेता थापाले अदालतको बिषयमा उठेको बिषयमा छानविन गर्नुपर्ने माग गरेका हुन् । 

‘डा केसीले अदातमा उठाएका प्रश्नको बारेमा छानविन होस, दूधको दूध पानीको पानी होस । न्यायपालिकाको स्वाधिनता माथि विश्वास बढाउन चाहान्छौ’ थापाले भने, ‘डा केसीलाई तत्काल रिहा गरियोस ।’

आफू स्वास्थमन्त्री भएर स्वास्थ्य क्षेत्रको विकृति बुझेको उल्लेखगर्दै थापाले डा गोविन्द केसीको आन्दोलन नागरिकले प्राप्त गर्ने आधारभूत आबस्यकताको आन्दोलन भएको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्