
नवनियुक्त दुई मन्त्री सुधन गुरुङ र महावीर पुनले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार गुरुङलाई गृह र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
सुधन गुरुङ गृहमन्त्री रहेकै बेला सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि पदमुक्त भएका थिए ।
त्यसपछि सरकारले छानबिन समिति बनाएको थियो । उक्त समितिले गुरुङलाई ‘क्लिनचिट’ दिएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
यता म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।