३१ असार २०८३, बुधबार

विश्वकप फुटबल:  न्युजिल्याण्डलाई सुरुवाती अग्रता, दबाबमा इरान

असार २, २०८३
काठमाडौं
विश्वकप फुटबल:  न्युजिल्याण्डलाई सुरुवाती अग्रता, दबाबमा इरान

विश्वकप फुटबलको समूह 'जी' अन्तर्गत अमेरिकाको लस एन्जलसमा भइरहेको खेलमा न्युजिल्याण्डले इरान विरुद्ध सुरुवाती अग्रता लिएको छ। खेल सुरु भएको ७ औँ मिनेटमै गोल गर्दै न्युजिल्याण्डले खेलमा १-० को अग्रता बनाएको हो।

न्युजिल्याण्डका लागि 'मडरवेल' बाट व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर एलिजाह जस्टले उत्कृष्ट गोल गरे। नटिङ्घम फरेस्टका अनुभवी स्ट्राइकर क्रिस उडले बललाई छातीले नियन्त्रणमा लिँदै दिएको सटिक पासलाई जस्टले सदुपयोग गर्दै इरानी गोलकिपर अलिरेजा बेइरानभान्डलाई कुनै मौका दिएनन्। 

खेलको सुरुवाती क्षणमा इरानले केही राम्रो मुभ बनाएको थियो। विशेषगरी स्टार स्ट्राइकर मेहदी तारेमीले विपक्षी पोस्टमा पहिलो प्रहार गरे पनि न्युजिल्याण्डका गोलकिपर म्याक्स क्रोकोम्बेले त्यसलाई सहजै बचाएका थिए। लगत्तै काउन्टर अट्याकमा न्युजिल्याण्डले गोल गर्न सफल भयो।
सामान्यतया सेतो जर्सीमा मैदान उत्रने न्युजिल्याण्डको टोली आज 'अल ब्ल्याक' जर्सीमा देखिएको छ भने इरानले सेतो जर्सी लगाएको छ।  सुरुवाती गोल खाएपछि इरान अहिले निकै दबाबमा देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्