१८ असार २०८३, बिहीबार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

असार ३, २०८३
काठमाडौं
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्