१० साउन २०८३, आइतबार

भारत र फ्रान्सबीच 'विशेष वैश्विक रणनीतिक साझेदारी'को घोषणा

असार ४, २०८३
काठमाडौं
भारत र फ्रान्सबीच 'विशेष वैश्विक रणनीतिक साझेदारी'को घोषणा

भारत र फ्रान्सबीचको सम्बन्ध परम्परागत दायराभन्दा माथि उठेर व्यापार, रक्षा, नवप्रवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स, स्वच्छ ऊर्जा, अन्तरिक्ष र शिक्षाजस्ता क्षेत्रमा अभूतपूर्व रूपमा गहिरिँदै गएको छ । आर्थिक वर्ष २०२५–२६ मा द्विपक्षीय व्यापार १५.८२ अर्ब अमेरिकी डलर नाघिसकेको अवस्थामा दुवै देशले सन् २०३० सम्ममा यसलाई झन्डै ३० अर्ब डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । 

युरोपियन टाइम्सका अनुसार भारत र फ्रान्सको यो साझेदारी अहिले गहिरो आर्थिक एकीकरण, प्राविधिक सहकार्य र रणनीतिक सामीप्यको रूपान्तरणकारी चरणमा प्रवेश गरेको छ।

सन् २०२६ को जुन १४ मा फ्रान्सको नाइस सहरमा आयोजित 'भारत इनोभेट्स' कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–फ्रान्स सम्बन्ध नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको जगमा अघि बढिरहेको बताए । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनसँगै मञ्च साझा गर्दै प्रधानमन्त्री मोदीले दुई देश परम्परागत सहकार्यभन्दा अघि बढेर सेमिकन्डक्टर, क्वान्टम प्रविधि, साइबर सुरक्षा, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र डीप-टेक नवप्रवर्तन जस्ता उदीयमान क्षेत्रमा केन्द्रित भएको उल्लेख गरे । 'भारत–फ्रान्स नवप्रवर्तन वर्ष २०२६' अन्तर्गत आयोजित यस कार्यक्रममा १०० भन्दा बढी भारतीय नवप्रवर्तनहरू प्रदर्शन गरिएका थिए। 

यसअघि, १७ फेब्रुअरी २०२६ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनले दुई देशबिचको सम्बन्धलाई 'विशेष वैश्विक रणनीतिक साझेदारी'को तहमा पुर्‍याएका थिए, जुन सन् १९९८ मा सुरु भएको रणनीतिक साझेदारीको ऐतिहासिक कोसेढुङ्गा हो।

सन् २०२३ मा अपनाइएको 'होरिजोन २०४७ रोडम्याप'ले भारतको स्वतन्त्रताको शताब्दी वर्षसम्मका लागि दीर्घकालीन खाका तयार पारेको छ। फेब्रुअरी २०२६ को शिखर सम्मेलनले दुई देशबिच 'वार्षिक परराष्ट्र मन्त्रीस्तरीय बृहत् संवाद' को शुरूआत गर्ने, दोहोरो करमुक्ति सम्झौतामा संशोधन गर्ने र 'द्विपक्षीय आर्थिक तथा वित्तीय संवाद' शुरू गर्ने निर्णय गरेको छ। फ्रान्सले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताको दाबेदारीलाई निरन्तर समर्थन गर्दै आएको छ।

आर्थिक वर्ष २०२५–२६ को तथ्याङ्क अनुसार फ्रान्स युरोपेली सङ्घमा भारतको तेस्रो ठुलो व्यापारिक साझेदार हो। यस अवधिमा भारतले फ्रान्सतर्फ ७ ।१० अर्ब डलरको निर्यात गरेको छ भने फ्रान्सबाट ८.७१ अर्ब डलरको आयात गरेको छ। लगानीका हिसाबले फ्रान्स भारतमा प्रत्यक्ष विदेशी लगानी गर्ने ११ औँ ठुलो देश हो । सन् २००० देखि २०२५ को बिचमा फ्रान्सले भारतमा ९.७९ अर्ब युरो लगानी गरिसकेको छ र हाल करिब १,००० फ्रान्सेली कम्पनीहरू भारतमा सञ्चालित छन्।

भारत र फ्रान्सबीचको रक्षा सहकार्य अब खरिद-बिक्रीमा मात्र सीमित नरहेर संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणतर्फ अघि बढेको छ । भारतले फ्रान्सबाट ३६ वटा राफेल लडाकु विमान खरिद गरिसकेको छ भने अप्रिल २०२५ मा भारतीय नौसेनाका लागि थप २६ वटा राफेल-मरीन लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

नेभल ग्रुपको साझेदारीमा स्कर्पेन श्रेणीको छैटौँ तथा अन्तिम पनडुब्बी 'कलवरी' सन् २०२५ को जनवरीमा भारतीय नौसेनालाई हस्तान्तरण गरिएसँगै यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्