०२ साउन २०८३, शनिबार
रास्वपा महाधिवेशन

जसले गुटबन्दीको खेती गर्न खोज्छ, त्यसको जरा उखेलिन्छ : रवि लामिछाने

असार १२, २०८३
काठमाडौं
जसले गुटबन्दीको खेती गर्न खोज्छ, त्यसको जरा उखेलिन्छ : रवि लामिछाने

रास्वपाको चितवन महाधिवेशनबाट फेरि सभापतिमा निर्वाचित रवि लामिछानेले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार साँझ महाधिवेशनस्थलमै पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गर्दै लामिछानेले जसले पार्टीभित्र गुटबन्दीको खेती गर्न खोज्छ, त्यसको जरा उखेल्ने बताए ।

लामिछानेले महाधिवेशनका क्रममा देखिएका प्यानल र आन्तरिक मतभेदलाई हलभित्रै अन्त्य गर्न आग्रह गर्दै रास्वपामा अब कुनै पनि गुट वा उपगुटलाई स्थान नहुने स्पष्ट पारे । 'रास्वपामा अब एउटै गुट छ, त्यो हो घण्टी र निलो क्रान्ति । यदि कसैले व्यक्तिगत स्वार्थका लागि गुट बनाउन खोज्छ भने त्यसलाई निर्ममतापूर्वक हटाइनेछ,' उनले भने । निर्वाचनका क्रममा भएका प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै उनले अब सबै मिलेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा उनले रास्वपा अब केवल एउटा भिड मात्र नभई सुसंगत राजनीतिक दल बनेको बताए । विगतमा पार्टी र नेतृत्वमाथि लागेका 'अपरिपक्व' भएको आरोपलाई सम्बोधन गर्दै उनले अब रास्वपा परिपक्व र जिम्मेवार शक्तिका रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए । 
 

salt training

कमेन्ट गर्नुहोस्