
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामालाई मनोनीत गरेको छ।
असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अध्यक्षमा लामा र समिति सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेललाई मनोनीत गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा पोखरा महानगरपालिका–१ निवासी कवि तथा साहित्यकार तीर्थप्रसाद श्रेष्ठलाई मनोनीत गरेको छ ।
यस्तो छ मनोनीत हुनेहरूको सूची :
