२३ असार २०८३, मंगलबार

अमेरिकी प्रशान्त टापुनजिक शक्तिशाली आँधीको जोखिम

असार २१, २०८३
काठमाडौं
अमेरिकी प्रशान्त टापुनजिक शक्तिशाली आँधीको जोखिम

 अमेरिकी प्रशान्त क्षेत्रका गुआम र उत्तरी मारियाना टापुमा ‘बावी’ नामक शक्तिशाली आँधीको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार बिहान उक्त क्षेत्र हुँदै आँधी पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ। आँधीको हावाको गति प्रतिघण्टा २६० किलोमिटरसम्म पुग्न सक्ने र यसले भारी वर्षा, बाढी, समुद्री डुबान तथा विनाशकारी क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ।

संघीय आपतकालीन व्यवस्थापन निकायले गुआममा उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राखेको छ भने स्थानीय प्रशासनले विद्यालयहरूमा अस्थायी आश्रय केन्द्र सञ्चालनमा ल्याएको छ। अधिकारीहरूले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्