काठमाडौं, ११ माघ — शाहरुख खानको नयाँ फिल्म 'रईस' बुधवार रिलिज हुँदैछ । यही फिल्मको प्रचारका सिलसिलामा उनी रेल चढेर मुम्बईबाट दिल्ली आउने भएका छन् ।

सोमवार बेलुका उनी मुम्बईमा रेल चढेर मंगलवार बिहान निजामुद्दीन रेलवे स्टेसन पुगे ।
फिल्म बनाउन जति पैसा लाग्छ लगभग त्यति नै पैसा फिल्मको प्रचारमा खचए हुने गरेको छ ।
तर कहिलेकाहीँ फिल्मको प्रचारका लागि अनौठो तरिका अपनाइन्छ । यहाँ केही फिल्म प्रचारका बारेमा कुरा गरिनेछ :
फ्यानगत वर्ष आएको यो फिल्मको प्रमोसनका लागि शाहरुख खानले आफ्ना फ्यानहरूलाई भेटे । फ्यानहका तस्वीर फिल्मको कास्टिङ र पोस्टरमा पनि हाले । आफ्नै घरको भित्तोमा आफ्नो नाम लेखेर भएपनि उनले फिल्मको प्रचार गरे ।
तमाशासन् २०१५ को यो फिल्ममा रणवीर कपूर, दीपिका पादुकोण र निर्देशक इम्तियाज अलीले मुम्बईदेखि दिल्लीसम्म रेल यात्रा गरे । तर फिल्म फ्लप भयो ।
बबी जासूससन् २०१४ मा आएको यो फिल्ममा विद्या बालनले भिखारीको मेकअप गरेर हैदराबादको रेलवे स्टेसनमा भिक्षा मागिन् । फिल्म चाहिँ सुपरफ्लप भयो तैपनि विद्याले मिडियाका हेडलाइन्समा कब्जा गरिन् ।
राज ३सन् २०१२ मा विक्रम भट्टको हरर फिल्म राज ३ को प्रमोसनका लागि नायिका विपाशा बसुले मुम्बईका सडकहरूमा अटो र ट्याक्सी चालकलाई आँखा नलागोस् भन्नका लागि कागती र खुर्सानी बाँडेकी थिइन् । फिल्म चाहिँ फ्लप भयो ।
बीबीसी हिन्दी