
फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेलको पहिलो हाफमा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्ड विरुद्ध १–० को महत्त्वपूर्ण अग्रता लिएको छ।
कान्सास सिटी स्टेडियममा जारी प्रतिस्पर्धामा एलेक्सिस म्याक एलिस्टरको गोलको मद्दतले अर्जेन्टिनाले अग्रता बनाएको हो ।
खेलको १० औं मिनेटमै कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै म्याक एलिस्टरले हेडमार्फत गोल गरी अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
मेस्सीले पहिलो हाफमा निकै प्रभावशाली प्रदर्शन गर्दै तीन पटक गोल गर्ने अवसर सिर्जना गरेका थिए।
म्याक एलिस्टरको गोलपछि अर्जेन्टिनाले केही हदसम्म रक्षात्मक रणनीति अपनाउँदै काउन्टर अट्याकमा जोड दिएको छ ।