११ असार २०८३, बिहीबार

यसकारण सेनाले पुराना हेलिकप्टर नलिने

पुस २८, २०७४
यसकारण सेनाले पुराना हेलिकप्टर नलिने

काठमाडौँ, २८ पुस-  नेपाली सेनाले कुनै मुलुक वा संस्थाले उपहारस्वरूप दिने रिकन्डिसन (पुराना) हेलिकप्टर/जहाज तथा हतियार सजिलै स्वीकार नगर्ने भएको छ । सेनाले यसबारेमा सरकारलाई समेत जानकारी गराइसकेको छ ।

बेलायतले सन् २००३ मा उपहारस्वरूप दिएका दुई एमआई १७ हेलिकप्टर बिग्रिएपछि बनाउन समस्या परेको स्मरण गर्दै सेनाले यस्तो जानकारी सरकारलाई दिएको हो । सेनाले कुनै मुलुकबाट नयाँजस्तै भनिएका कुनै पनि यस्ता जहाज खरिद नगर्ने स्पष्ट सन्देश सरकारलाई दिएको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्