०५ साउन २०८३, मंगलबार

शंकास्पद पार्किङबारे मनिष झा- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

असार ३१, २०८३
काठमाडौं
शंकास्पद पार्किङबारे मनिष झा- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले विभिन्न सञ्चार गृह तथा नेताहरूको निवास अगाडि शंकास्पद रूपमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता झाले यस किसिमको कार्यलाई 'बचपना' र 'स्तरहीन' हर्कतको संज्ञा दिएका हुन् ।

सोमबार प्रमुख प्रतिपक्षी दलका नेताको निवास तथा विभिन्न मिडिया हाउसका गेट अगाडि शंकास्पद सवारीसाधन पार्किङ गरिएको थियो । नेता झाले यसमा संलग्नहरूमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्।

राज्यले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा उल्टै आतङ्कित बनाएको आरोप लगाउँदै झाले लेखेका छन्, 'सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन ।'

सरकारको यस्तो कार्यशैलीले लोकतान्त्रिक मूल्य र जनभावनाको अपमान गरेको उनको भनाइ छ ।  'यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ,' उनले लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्