०२ साउन २०८३, शनिबार
किसानको विद्रोह

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन [फोटो फिचर]

असार ३१, २०८३
काठमाडौं
उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन [फोटो फिचर]

काठमाडौंको माइतीघर मण्डलामा कृषकले सडकमा टमाटर फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरूले बुधबार आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाए।

विरोधस्वरूप उनीहरूले टमाटर सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाए ।

किसानहरूले कृषि उत्पादनको न्यूनतम् समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बिउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन्।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्