३१ असार २०८३, बुधबार

अपोलो इन्टरनेशनल कलेज र पिनाकल एकेडेमीमा लगानीकर्ता सचेतना कार्यक्रम

असार ३१, २०८३
काठमाडौं
अपोलो इन्टरनेशनल कलेज र पिनाकल एकेडेमीमा लगानीकर्ता सचेतना कार्यक्रम

साउथ एसियन बुल्सले काठमाडौंको अपोलो इन्टरनेशनल कलेज र ललितपुरको पिनाकल एकेडेमीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ।​​​

बेटा एनालिटिक्सले सहजीकरण गरेको उक्त कार्यक्रम अपोलो इन्टरनेशनल कलेजमा असार २९ गते र पिनाकल एकेडेमीमा असार ३१ गते भएको इजाजतप्राप्त धितोपत्र दलाल (स्टक ब्रोकर) साउथ एसियन बुल्सले जनाएको छ ।

एपोलो इन्टरनेशनल कलेजमा बीबीए, बीबीएम तथा बीबीएस कार्यक्रमका ७० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो भने पिनाकल एकेडेमीमा ८० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।

एपोलो इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रमका स्रोत व्यक्ति सञ्जीव घिमिरे रहेका थिए भने पिनाकल एकेडेमीमा विक्रम चित्रकारले प्रशिक्षण प्रदान गरेका थिए ।

null

उनीहरूले वित्तीय साक्षरता, लगानी योजना, जोखिम तथा प्रतिफलको मूल्याङ्कन, पूँजी बजारमा सूचित निर्णयको महत्त्व, दीर्घकालीन सम्पत्ति सिर्जनामा शेयर बजारको भूमिका तथा लगानी गर्दा ध्यान दिनुपर्ने विभिन्न पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरेका कम्पनीले जनाएको छ ।

कार्यक्रममा साउथ एसियन बुल्सका अपरेसन हेड तथा कम्प्लायन्स अफिसरसहित सहभागी थिए ।

कार्यक्रमका क्रममा पिनाकल एकेडेमीका अध्यक्ष सरोज न्यौपाने तथा एपोलो इन्टरनेशनल कलेजका कार्यकारी निर्देशकले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय तथा लगानीसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए ।

साथै, उनीहरूले स्रोत व्यक्तिहरू तथा साउथ एसियन बुल्सका प्रतिनिधिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्