०२ साउन २०८३, शनिबार

ब्राउन सुगरसहित एक जना पक्राउ

साउन २, २०८३
झापा
ब्राउन सुगरसहित एक जना पक्राउ

झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार बिर्तामोड नगरपालिका-५ मा रहेको देउराली होटलमा लागुऔषधको अवैध खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।

होटलको कोठामा बसिरहेका बर्मनलाई जाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३१ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।

शुक्रबार साँझ पक्राउ परेका बर्मनमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्