
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध नाराबाजी गर्ने ५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीहरूले बिहीबार कीर्तिपुरमा 'नेपो बेबी मुर्दावाद'लगायतका नारा लगाउँदै मन्त्री पोख्रेलको विरोध गरेका थिए ।
सोही क्रममा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूको थप विवरण भने सार्वजनिक गरिएको छैन ।