काठमाडौं, २६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जन्मदिनको शुभकामना दिन नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य बालुवाटार पुगेका छन् । आज प्रचण्डको आज ६२ औं जन्मदिन हो ।

आइतबार बिहानै बालुवाटारमा पुगेका वैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिँदै समसामयिक राजनीतिक विषयमा समेत कुराकानी गरेका थिए ।
सो अवसरमा प्रचण्डले शुभकामना दिएकोमा धन्यवाद दिँदै सरकार संशोधन पारित भएपनि नभएपनि चुनावको मिति घोषणा गर्ने तयारीमा जुटेको बताएका थिए ।
१० वर्षसम्म सँगै जनयुद्ध लडेका प्रचण्ड–वैद्य शान्तिप्रक्रियामा आएपछि भने छुट्टाछुट्टै पार्टीमा आवद्ध भएका थिए ।
यसैबीच प्रचण्डले आज बिहानै जनयुद्दका घाइते योद्दासँग समेत भेट गरेका छन् ।