०७ असार २०८३, आइतबार

बोको हरामको आक्रमणमा २० जना मारिए

पुस २९, २०७४
बोको हरामको आक्रमणमा २० जना मारिए

काठमाडौं, २९ पुस– नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ । बोको हरामका लडाकू सदस्य र स्थानीयबासिन्दाले शुक्रबार दिएको जानकारी अनुसार आम नागरिक विरुद्ध लडाकूहरुले गरेको आक्रमणमा परी उत्तरपुर्बी नाईजेरियामा उनीहरु मारिएका हुन् । 

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरूमाथि जथाभावी बन्दुक प्रहार गरेका थिए । घटना सोमबार बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । 

घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकूका नेता इब्राहिम लिमानले एएफपीलाई जानकारी दिए । नाईजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकू समूहसँग आबद्ध भएकोे बताउदै आएका छन् । 

नाईजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिले सम्म २० हजार नागरिक मारिएका छन् । 
 

कमेन्ट गर्नुहोस्