१५ असार २०८३, सोमबार

गोरु मेलाका लागि माघे सङ्क्रान्तिका दिन गल्छी–देवीघाट सडकखण्ड खुला हुने

गोरु मेलाका लागि माघे सङ्क्रान्तिका दिन गल्छी–देवीघाट सडकखण्ड खुला हुने

काठमाडौँ, २९ पुस- नुवाकोटमा यस वर्षको माघे सङ्क्रान्तिमा ३० हल गोरु जुधाइने भएको छ । जिल्लाका तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

तारकेश्वर गाउँपालिका–३, चन्दनी, तारुकामा भने यस वर्ष २० हल गोरु जुधाइने मेला आयोजक समितिले जनाएको छ । त्यस्तै बेत्रावतीमा १० हल गोरु जुधाइने बताइएको छ । 
यस वर्ष तारुका मेलास्थल पुग्न नुवाकोट, बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर–४, बुधसिंह जोड्ने पक्की पुल बनेकाले सहज हुने प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकेले बताउनुभयो । 


गोरु जुधाइ मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जानका लागि सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकामा त्यस दिन दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले सहमति दिएको वडाअध्यक्ष समरबहादुर आले मगरले जानकारी दिनुभयो । 
बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर गएका बेला मनोरञ्जन गराउन गोरुजुधाइ गरिएको बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्