
चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका सचिव भोपेन्द्रप्रसाद यादवले राजीनामा दिएका छन् ।
सोमबार पार्टीका केन्द्रीय अध्यक्ष डा सीके राउतलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
पछिल्लो समय पार्टीभित्र उत्पन्न विभिन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिहरूका कारण आफ्नो राजीनामा दिएको उनको भनाइ छ ।
प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ भएको महसुस गरेकोले आफूले पार्टी छाडेको यादवले लोकान्तरलाई बताए । ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा समेत गम्भीर असहजता उत्पन्न भएको अवस्थामा आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वैच्छिक राजीनामा पेश गर्दछु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन ।
राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाउन उनले अध्यक्ष डा. राउतलाई आग्रह समेत गरेका छन् ।