
एक टिप्पणीका कारण अमेरिकी राष्टपति डोनाल्ड ट्रप फेरि अन्तर्राष्ट्रिय समुदायको निशानामा परेहका छन् ।
अफ्रीकी देशका प्रतिनिधि संगठनले अमेरिकी राष्ट्रपतिले माफी माग्नु पर्ने बताएका छन् । यो संगठनले ट्रम्पको भनाइप्रति आपत्ति जनाएका छन् । ट्रम्प प्रशासनले अफ्रिकीलाई गतल सम्झिएको उनीहरुको आरोप छ ।
ट्रम्पले ओवलमा आयोजित एक आव्रजन नीतिबारेको बैठकमा अफ्रिकी महाद्वीपका हैटी, एल साल्वाडोर जस्ता देशका लागि असभ्य भाषाको प्रयोग गरेका थिए ।
तर ट्रम्पले भने यो भनाइलाई अस्विकार गरेका छन् । उनले कसैको पनि अपमान नगरेको दाबी गरेका छन् ।
तर त्यही बैठकमा रहेका डेमोक्रेटिक सीनेटर डिक डर्बिनले ट्रम्पले अफ्रीकी देशलाई शिटहोल्स भनेका थिए र उनीहरुका लागि नस्लभेदी भाषाको प्रयोग गरेका थिए ।