काठमाडौं, ११ माघ — भारतको उत्तराखण्डको पैठाणी नामक गाउँमा अचम्मको धार्मिक महत्व भएको एक मन्दिर छ । मन्दिरमा देवताका साथसाथै दानवको पनि पूजा गरिन्छ ।

पैठाणी मन्दिरमा शताब्दियौंदेखि दानवको पूजा गरिन्छ ।
राहु दैत्य हुन् र उनको नाममा बनाइएको यो एकमात्र मन्दिर हो । पूर्वी र पश्चिमी नयार नदीहरूको संगममा यो मन्दिर रहेको छ ।
मान्यता अनुसार समुद्र मन्थनबा बखत राहुले देवताहरूलाई छलेर अमृतपान गरेका थिए । यस्तो छल थाहा पाएपछि भगवान् विष्णुले राहुको टाउको छिनाएका थिए । दैत्य अमर नहोस् भनेर यसो गरिएको थियो ।

राहुको टाउको यहीँ आएर खसेको विश्वास गरिन्छ ।
टाउको खसेको ठाउँमा एक मन्दिर निर्माण गरियो र भगवान् शिवका साथसाथै राहुको प्रतिमा पनि स्थापना गरियो । अहिले यो राहु मन्दिरका रूपमा प्रसिद्ध छ ।
एजेन्सी