लोकान्तर संवाददाता
काठमाडौं, ११ माघ –वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत् नेपाली कामदारको बीमा सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष घोषणा गर्ने भएका छन् ।

मंगलवार आफ्नै निवास बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले विशेष घोषणा गर्न लागेका हुन् । वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत् नेपालीको बीमा रकम वृद्वि गर्ने सम्बन्धमा प्रधानमन्त्रीले खास घोषणा गर्ने कार्यक्रम रहेको बुझिएको छ ।