
काठमाडौं, २ माघ– सरकारद्धारा गठित उत्चस्तरीय कार्यदलले बदलिँदो विश्व परिवेश अनुरुप पुनरावलोकन गरिएको ‘गतिशील परराष्ट्र नीति’ को मस्यौदा तयार गरेको छ । कार्यदलले मस्यौदा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ ।
गत कात्तिकमै अन्तिम रुप दिइएको मस्यौदा निर्वाचनका कारण अहिले बुझाउन लागिएको हो । चार खण्डमा विभाजित मस्यौदाका हरेक ‘च्याप्टर’ मा सुझाव समेत दिइएको छ । अन्तरसरकारी सुझाव समेत लिइएको कार्यदलले लामो छलफलपछि मस्यौदा तयार पारेको हो ।
समग्र कूटनीति, आर्थिक कूटनीति, सुरक्षा, र संस्थागत सुधारलगायतमा अडेर मस्यौदा तयार गरिएको हो, कान्तिपुरमा खबर छ ।