
काठमाडौं, २ माघ– उपचार गर्न थाइल्याण्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको बसाइ लम्बिएको छ । उनी बिहीबार मात्र स्वदेश फर्कने भएका छन् ।
यसअघि ओलीको सचिवालयले उनी मंगलबार काठमाडौं फर्कने बताएको थियो । ओली बिहीबार अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । ओलीसँगै गएका चिकित्सक भने फर्किसकेका छन् ।
ओलीको सबै परीक्षण भएको तर वान वे टिकटमात्र भएकाले एक दुई दिन आराम गरेर बिहीबार मात्र फर्कन लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य परीक्षण गर्न बुधबार बैंकक गएका हुन् ।