काठमाडौं, २६ मंसिर — आधुनिक विश्वमा मृत्युको सबभन्दा ठूला कारणमध्ये क्यान्सर पनि एक हो । वर्षैपिच्छे विश्वभरि ७६ लाख मानिस क्यान्सरका कारण मर्ने तथ्यांक भेटिन्छ । यसमध्ये ४० लाख मान्छे त उमेर नपुग्दै मरिसक्छन् ।

तर अस्ट्रेलियामा भेटिएको एक दुर्लभ बिरुवाले वैज्ञानिक, चिकित्सक र मानिसहरूमा आशाको एक किरण छरेको छ । अस्ट्रेलियाको एक न्युज च्यानलका अनुसार यो बेरी फल फोन्टेनिया पिक्रोस्पर्माले क्यान्सर रोगलाई केही मिनेटभित्रै निको पार्छ ।
फोन्टेनिया उत्तरी अस्ट्रेलियामा मात्र फल्छ । क्वीन्स्ल्यान्डको रेनफरेस्ट क्षेत्रमा यस बेरीका बिउ पाइन्छन् ।
यसबाट बनेको औषधी शरीरमा इन्जेक्सन हाल्दा पाँच मिनेटभित्र सकारात्मक परिवर्तन आउँछ । एउटा कुकुरमा रहेको ट्युमर १५ दिनमा पूरै निको भएको थियो ।