०५ असार २०८३, शुक्रबार

फेरि के भयो पारसलाई ? तीन दिन नर्भिकमा बसेर घर फर्किए

कात्तिक २०, २०७४
 फेरि के भयो पारसलाई ? तीन दिन नर्भिकमा बसेर घर फर्किए
काठमाडौं, माघ ११– पूर्वयुवराज पारस शाहलाई फुटपोइजिङ भएपछि शनिबार सहयोगिहरुले अस्पताल पुर्याए । उनलाई पेयपदार्थबाट फुडपोइजिङ भएको र सोलगत्तै राजधानीको थापाथललीस्थित नर्भिक अस्पतालमा पुर्याइएको पारसका एक निकटस्थ स्रोतले लोकान्तरलाई जानकारी दिए ।parash
उनका अनुसार कुण्डलिनीस्थित निवासमा शनिबार दिउँसो मह पिएपछि पारसलाई असहज हुन पुगेको थियो । सोलगत्तै उनलाई नर्भिक भर्ना गरिएपनि कहिँकतै सार्वजनिक गरेन पूर्वराजपरिवारले । नर्भिकको भीआईपी वार्डमा उनले तीन रात बिताएको र आज स्वास्थ्यमा सुधार देखिएसँगै डिस्चार्ज गरिएको हो ।
पारस निकट मानिने राजकुमार थापाले सामाजिक सञ्जालमा स्वास्थ्यलाभ गरी उनी आज घर फर्किएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनी डिस्चार्ज हुँदा सीमित समर्थकहरु अस्पताल परिसर पुगेका थिए । यसअघि थाइल्याण्डमा रहँदा पारसलाई गम्भीर प्रकृतिको हृदयघात भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्