३० जेठ २०८३, शनिबार

बंगलादेशले हप्ताको १५ सय रोहिंग्या म्यान्मार फर्काउने

बंगलादेशले हप्ताको १५ सय रोहिंग्या म्यान्मार फर्काउने

काठमाडौं, २ माघ — सन् २०१७ मा सैन्य कारवाहीपछि भागेका हजारौं रोहिंग्या शरणार्थीहरूलाई म्यान्मारमै फर्काउनका लागि बंगलादेशले उक्त देशसँग सम्झौता गरेको बताएको छ । 

बंगलादेशका अनुसार, म्यान्मारले हरेक हप्ता १५ सय रोहिंग्याहरू फर्काउने भएको छ र दुई वर्षभित्रमा सबै शरणार्थी म्यान्मार फर्काइने भएका छन् । 

गत अगस्ट महिनामा रखाइन प्रान्तमा हिंसा भड्किएपछि ६ लाख ५० हजारभन्दा बढी रोहिंग्याहरू बंगलादेशतर्फ भागेका थिए । 

सहायता निकायहरूले रोहिंग्याहरूलाई जबर्जस्ती म्यान्मार फर्काइँदा समस्या आउन सक्ने बताएका छन् । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगका एक प्रवक्ताले संकटका अन्तर्निहित कारणहरूलाई सम्बोधन म्यान्मारले गर्नुपर्ने अनि शरणार्थीहरूले सुरक्षित अनुभव गरेपछि मात्र उनीहरूलाई फर्काउनुपर्ने बताएका छन् । 

रोयटर्स समाचार संस्थाका अनुसार, उक्त सम्झौतामा स्वदेश फर्काउने प्रक्रिया कहिलेदेखि शुरु हुन्छ भनिएको छैन तर म्यान्मारले फर्किनेहरूका लागि अस्थायी आवास दिने र पछि उनीहरूका लागि घर बनाउने बताइएको छ । 

दुवै देशले स्वदेश फिर्तीको सम्झौता गत नोभेम्बर महिनामा गरेका थिए र अहिले उनीहरू म्यान्मारको राजधानी नेपिदमा यसको अन्तिम रूप दिन भेला भएका छन् । 

दुवै पक्षले सम्झौताको समीक्षा तीन महिनाभित्र गर्ने बताएका छन् । 

यस सम्झौताअनुसार, करीब एक लाख ५६ हजार रोहिंग्याहरूलाई दुई वर्षभित्र फर्काइने भएको छ । यो बंगलादेशमा रहेका ६ लाख ५० हजार रोहिंग्याको संख्याभन्दा निकै कम हो । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्