काठमाडौँ, ११ माघ - आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका आठ वटा पसललाई नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागले आज गरेको अनुगमनको क्रममा मूल्यसूची नभएको, नापतौल मेसिन प्रमाणीकरण नगरेको र केही मात्रामा म्याद नाघेको खाद्यसामग्री फेला परेपछि त्यस्ता पसललाई नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
नियमानुसार सञ्चालन नगरेको भन्दै आनन्द कोल्ड स्टोर, ॐ किराना पसल, ईश्वर नारायण कोल्ड स्टोर, शालीनदी किराना पसल, आरआर इन्टरप्राइजेज, डिजे शङ्खरापुर स्टोर, लूनिभा कोल्ड एण्ड पाउँ भण्डारलाई सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।